अर्थ

सेलपे सेवाले पायो राष्ट्र बैंकबाट अनुमति

काठमाडौं- भुक्तानी सेवा प्रदायक सेलकमले संचालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ। सेवाले यसको अनुमति गत मंगलबार प्राप्त गरेको हो।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ। सेलपे सेवामा अन्तर्राष्ट्रिय स्तरको पीसीआइ डीएसएस सुरक्षा प्रणाली अपनाइएको कम्पनीले जनाएको छ।

सेलपेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टेलीभिजन, ईन्टरनेट महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिने छ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने छ। सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ११ पुस २०७५ ०७:३७ बुधबार

सेलपे राष्ट्र_बैंक