अर्थ

करको दायरा वृद्धि गरिएको छः अर्थमन्त्री

नेपालगञ्ज–अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताएका छन्। आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले सरकारले करको दर नभई दायरा वृद्धि  गर्नेतर्फ अग्रसर भएको दाबी गरेका हुन्।

“करको दायरा फराकिलो छैन भनेर कर बढाउने होइन व्यवसायीलाई करको दायरामा ल्याउने हो,” अर्थमन्त्री खतिवडाले भने, “भौगो।लिक रुपमा पनि करको दायरा बढाइँदैछ, त्यसैको उदाहरण हो सुर्खेतमा राजश्व कार्यालय स्थापना हुनु ।”
करदाता सेवा कार्यालयलाई राजश्व कार्यालयका रुपमा विकास गर्ने र भौगोलिक रुपमा नयाँ करदाता सेवा कार्यालय स्थापना गर्नतर्फ सरकार अग्रसर भएको उनले बताए।    उनले करको दायरा बढाउन र बक्यौता उठाउनतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गरे।

विगतमा खुम्चिएको राजश्व सङ्कलनको दायरा बढाउन छोटी भन्सारलाई सक्रिय बनाउँदै व्यवस्थित गर्ने र नयाँ नाकामा छोटी भन्सार स्थापना गर्नेतर्फ पनि आफूले ध्यान दिएको उनको भनाइ छ। रासस

 

प्रकाशित: ७ पुस २०७५ ०८:०५ शनिबार

युवराज_खतिवडा करको_दायरा वृद्धि