अर्थ

लक्ष्मी ग्रुपको वार्षिकोत्सवमा सामाजिक कार्य

काठमाडौं– व्यवसायिक घराना लक्ष्मी ग्रुपले आफ्नो ४५औ वार्षिकोत्सवका अवसरमा विभिन्न सामाजिक कार्यक्रम गरेको जनाएको छ।

ग्रुपले आफनो प्रधान कार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा रक्तदान , सूर्यविनायक मन्दिर र वटुक भैरव मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम गरेको कम्पनीले जनाएको छ। 

त्यस्तै मष्तिस्क पक्षघाटबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एस.जि.सि.पि नेपालका बालबालिकाहरुलाई स्कूल व्याग र न्यानो ज्याकेटहरु प्रदान गरिएको कम्पनीले जनाएको छ।  साथै लक्ष्मी गु्रपका अन्य भातृ संस्थाहरु सुजल फुड्स, सुजल डेरी, जया प्याकेजिङ्ग, सुजल प्लाष्टिक, लक्ष्मी इन्टरकन्टिनेन्टल लगायतले पनि विभिन्न कार्यक्रमको गरेको जनाइएको छ।

 

प्रकाशित: ६ पुस २०७५ ०९:२५ शुक्रबार

लक्ष्मी_ग्रुप वार्षिकोत्सव