अर्थ

गोसाईकुण्डसम्म विद्युत् विस्तार गरिँदै

खच्चरबाट सामग्री ढुवानी गरिँदै।  तस्बिर : नागरिक

रसुवा – धार्मिकस्थल गोसाईकुण्डमा विद्युत् विस्तारको काम सुरु भएको छ।  चालु आर्थिक वर्ष २०७५/७६ भित्र गोसाईकुण्डमा विद्युत् पु-याउनका लागि काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।  

मिनी गोसाईकुण्डदेखि गोसाईकुण्डसम्म ११ केभीको लाइन विस्तार गरिँदै छ।  पहिलो चरणमा मिनी गोसाईकुण्डदेखि चन्दनबारीसम्म पु-याइने केन्द्र प्रमुख कृष्णहरि दाहालले बताए।  ‘खेन्दीसम्म विद्युत् पुगिसकेको छ,’ उनले भने, ‘चन्दनबारीसम्म यही महिनाभित्र बिजुली बलिसक्छ। ’ विद्युत् पु-याउनका लागि ढुवानीमा प्रमुख समस्या रहेको प्राविधिक प्रमुख धन बहादुर तामाङले बताए।  

पोल मान्छेलाई बोकाएर पठाइएको छ भने तार चाहिँ खच्चरमार्फत पठाइएको उनको भनाइ छ।  गोसाईकुण्डमा विद्युत् पु-याउन एक सय ८० वटा पोल लाग्छ।  तीमध्ये एक सय २० पोल गाडिसकिएको छ।   

जिल्लामा करिब ८५ प्रतिशत ग्राहक छन्।  जिल्लामा आठ हजार ग्राहक रहेको केन्द्रले जनाएको छ।  कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्छन्।

प्रकाशित: ६ पुस २०७५ ०४:०६ शुक्रबार

गोसाईकुण्ड विद्युत्_विस्तार ढुवानी