अर्थ

नेप्सेमा सामान्य सुधार

काठमाडौं–साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा आज सामान्य सुधार आएको छ। परिसूचक ३.२८ अंकले बढेर ११सय ६५.९७कायम भएको नेप्सेले जनाएको छ। परिसूचक हिजो ५ अंकले घटेको थियो।

आज १६७ कम्पनीका १ लाख २५ हजार ९१४ कित्ता शेयरहरु ४० करोड११ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ। समूहगत कारोबारतर्फ चार समूहका सूचक घटेका छन् भने ६ समूह बढेका छन्। होटल समूह सबैभन्दा धेरै २८ अंकले घटेको छ। निर्जीवन बिमा समूह ३० अंकले बढेको छ भने जीवन बिमा समूह १९ अंकले बढेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै एनएमबी बैंकको  ५ करोड ६७ लाख ५३ हजार ४३७ रुपैयाँका शेयर किनबेच भएका छन् भने नेपाल बैंकका २ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

 

प्रकाशित: ५ पुस २०७५ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App