अर्थ

शेयर बजार ओरालो लाग्याे

काठमाडौं - धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २६ बिन्दुले घटेर २४७ दशमलव ३३ बिन्दुमा पुगेको छ।

कूल १५८ कम्पनीको १३ लाख दुई हजार ८२२ कित्ता शेयर रु ३८ करोड ७२ लाख ९२ हजार ९०८ मूल्यमा खरीद बिक्री भयो।स्टककाअनुसार बुधबार कारोवार भएका कूल १० उपसमूहमध्ये चार उपसमूहको मात्रै बढेको छ। विकास बैंक १४ दशमलव ९७, फाइनान्स एक दशमलव ०३, निर्जीवन बीमा कम्पनी १७ दशमवल ६९ र उत्पादन उपसमूह दुई दशमलव ३३ बिन्दुले बढेकाे छ। बैङ्किङ आठ दशमलव ६५, होटल पाँच दशमलव ५४, जलविद्युत् दुई दशमलव १३, अन्य शून्य दशमवल २४, लघुवित्त पाँच दशमलव ९३ र जीवन बीमा ३६ दशमवल ५६ बिन्दुले घटेको छ।

प्रकाशित: ४ पुस २०७५ ११:३३ बुधबार

धितोपत्र_बजार शेयर