अर्थ

दरवाङ्ग म्याग्दी जलविद्युतको शिलान्यास

काठमाडौं– म्याग्दी जिल्लाको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दी जलविद्युत आयोजना शिलान्यास गरिएको छ। आयोजनाको महिला बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थम माया थापा र धौलागिरि कालिका हाईड्रोका अध्यक्ष विनोद कुवँरले संयुक्त शिलान्यास गरेका हुन्।

 कुल ५ अर्व १४ करोड लागतको उक्त परियोजनामा सानिमा बैंकको नेतृत्वमा बैंकहरुको  ३ अरव ५० करोडको ऋण लगानि  र बाँकी १ अर्व ६४ करोड रुपैयाँको ईक्विटी शेयर हुनेछ । परियोजनामा निर्माण समयमा नै ३० प्रतिशत शेयर सर्वसाधारणको लागि जारी गर्ने तयारी निर्माण कम्पनी धौलागिरी कालिका हाइड्रोको छ।

परियोजनामा एनआरएनए हङ्गकङ्ग समुह, काठमाण्डौ म्याग्दि ईन्भेष्टमेण्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहको परियोजनामा गैर आवसीय नेपाली संघ(एनआरएनए)का एसिया प्रशान्त उप संयोजक विनोद कुँवर अध्यक्ष छन्। 

सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले उक्त परियोजना आगामि ३ बर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ । पानीको वहाब ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ। 

दरबाङको माथि देविस्थानबाट ड्याम निर्माण गरी खोलाको पानीलाई ५ किमिलामो सुरुङ्ग मार्गबाट शश्रधारा नजिकको रातोढुङ्गामा पुर्याएर २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ। पावर हाउस र ईन्टेकसम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादीत विद्युत १४ किलोमिटर लामो १३२ के.भि. ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोड्ने तयारी छ। 

 

प्रकाशित: २८ मंसिर २०७५ ११:३२ शुक्रबार

दरवाङ्ग_म्याग्दी_जलविद्युत_आयोजना शिलान्यास