अर्थ

शेयर बजारमा झिनो सुधार

काठमाडौं - शेयर बजारमा बुधबार केही सुधारको सङ्केत देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ० दशमलव ०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ। कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भएका छन्। स्टकका अनुसार कारोवार भएका दश उपसमुहमध्ये बुधबार पाँच उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ। त्यसमा जलविद्युत् ३५ दशमलव ७७, वित्त ३ दशमलव  ६२, उत्पादन १ दशमलव  ५२, अन्य ० दशमलव  ६५ र बीमा २३ दशमलव  ६४ विन्दुले बढेको छ। यस्तै बैंकिङ १ दशमलव  ३३, होटल ३७ दशमलव  २७, विकास बैंक २ दशमलव  ५७, निर्जीवन बीमा १० दशमलव  ६९ र लघुवित्त ८ दशमलव  ४६ विन्दुले घटेको छ। रासस

प्रकाशित: २६ मंसिर २०७५ १०:२१ बुधबार

शेयर_बजार नेपाल_स्टक_एक्सचेञ्ज