अर्थ

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

कालिका शाखा कार्यालयकाे उदघाटन ।

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ। 

बैंकले शुक्रवार मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ। 

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपमा गरे। त्यसैगरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपमा गरे। कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले संयुक्त रुपमा गरे।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ। यस बैकले २०७५ साल आश्विन मसान्तसम्म रु ७७ अर्ब निक्षेप परिचालन गरी रु. ७१ अर्ब कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ३७ करोड खुद मुनाफा गरेको छ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखारहित बैकिङ्ग  सेवा समेत गरी जम्मा १२६ स्थानबाट सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बंैकको देशभर १०६ वटा एटिएमहरु संचालनमा रहेको छ।

प्रकाशित: २१ मंसिर २०७५ १६:१६ शुक्रबार

माछापुच्छ्रे_बैंक नयाँ_शाखा