अर्थ

सिक्टा सिँचाईको भ्रष्टाचारमा तानिए पूर्व मन्त्री पाण्डे

काठमाडौ–सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पूर्व वन भूमिसुधारमन्त्री बिक्रम पाण्डेसहित २१ जना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठेकेदार कम्पनी कालिका कनस्ट्रक्सनले उक्त आयोजना निर्माणका क्रममा भ्रष्टाचार तथा अनियमीतता भएको भन्दै आठ अर्ब रुपैयाँ भष्टाचार गरेको भन्दै अलग अलग विगोसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पाण्डे उक्त कन्स्ट्रक्सनका अध्यक्ष हुन्। अख्तियारले उनी विरूद्द २ अर्ब १३कराेड ७६लाख रूपैयाँ  विगाे दाबी गरेकाे छ।

अख्तियारले सिंचाई विभागका महानिर्देशक सरोजचन्द्र पण्डित सहित १६ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको हो। गुणस्तरहीन कामगर्ने ठेकेदार कम्पनीका पाँच जनालाई पनि मुद्दा चलाइएको छ । सिंचाई आयोजनाको मुल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ।  

पाण्डेसँगै  सिक्टा  सिँचाइ अायाेजनाका तत्कालीन अायाेजना प्रमूखहरू सर्वदेव प्रसाद, सराेजचन्द्र पण्डित, दीलीप बहादुर कार्की र रमेश बस्नेत  विरूद्द अाराेपपत्र दायर गरेकाे छ। अख्तियारले सर्वदेव र सराेजविरूद्द बिगाे नखुलाए पनि पण्डित विरूद्द ५९कराेड ३५ लाख ५२ हजार रूपैयाँ , कार्की विरूद्द १ अर्ब ५६ कराेड, बस्नेत विरूद्द २ अर्ब १३ कराेड रूपैयाँ बिगाे दाबीसहित मुद्दा दायर गरेकाे हाे।

आयोजनाको मुल नहर सुरु नहुँदै परीक्षणको क्रममा करिब ३५ किमि नहर कामै नलाग्ने गरी भत्किएको थियो । हेर्नुहाेस अभियुक्तहरूकाे सूचीः 

प्रकाशित: २१ मंसिर २०७५ १०:५२ शुक्रबार

सिक्टा_सिंचाई_आयोजना भ्रष्टाचार बिक्रम_पाण्डे