अर्थ

नेप्सेमा झिनो सुधार

काठमाडौं– बुधबार उच्च गिरावट आएको नेपाल स्टक एक्सेचेन्ज(नेप्से) परिसूचकमा आज झिनो सुधार आएको छ। परिसूचक २.७ अंकले बढेर ११सय २०.८७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबार खुलेसँगै ओरालो लागेको परिसूचक १  घण्टासम्ममा ११सय ९ विन्दुसम्म ओर्लिएको थियो। तर त्यसपछि बजारले सुधारको गति समाउँदा समग्रमा २.७ अंकको सुधार आएको हो। बुधबार करिब २३ अंकले परिसूचक घटेको  थियो।

आज अधिकांश समूहका सूचक बढेका छन्। सबैभन्दा धेरै  जीवन विमा समूह ४४.७ अंकले बढेको छ भने निर्जीवन बिमा समूह ३५.५९ अंकले बढेको छ। बैंकिङ समूह २.५५ अंकले बढेको छ। घटेको समूह जलविद्युत्मा ९.८१ अंकको गिरावट आएको छ।
साताको कारोबारको अन्तिम दिन बिहीबार एनएमबी बैंकको सबैभन्दा धेरै ४ करोड ४६ लाख ३७ हजार रुपैयाँ र त्यसपछि नेपाल बैंकको ३ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भए। कूल १६२ कम्पनीका १३ लाख ७४ हजार ३४६ कित्ता शेयरहरु खरिद विक्री हुँदा ३७ करोड ९ लाख ७१ हजार ९३६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
 

 

प्रकाशित: २० मंसिर २०७५ १०:१७ बिहीबार

नेपाल_स्टक_एक्सेचेन्ज नेप्से झिनो_सुधार