अर्थ

साझेदार नल्याई नेवानी सुधार गर्न सक्दैनः मन्त्री अधिकारी

काठमाडौं– पर्यटनमन्त्री रबिन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको व्यवसाय सुधार गर्न व्यावसायिक साझेदार भित्र्याउनु पर्ने बताएका छन्।

वइडबडी जहाज खरिदका विषयमा छलफल गर्न बसेको संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा  मन्त्री अधिकारीले हालकै अवस्थामा निगमलाई प्रतिस्पर्धी बनाउन नसकिने स्वीकार गरेका थिए।

मन्त्री अधिकारीले साझेदारी लगानीका रुपमा मात्र नभई व्यवस्थपनमा पनि आवश्यक देखिएको बताए। विश्वका विभिन्न विमान कम्पनीहरु साझेदारीकै मोडेलबाट सफल भएको दाबी गर्दै अधिकारीले यसका लागि उपयुक्त लगानीकर्ताको खोजी भइरहेको पनि बताए।

‘नाममात्रको साझेदार होइन, लगानी पनि गर्न सक्ने खोजेर निगमलाई बलियो बनाइनेछ,’ उनले भने, ‘संसारभरका सबै एयरलाइन्सले यो उपाय अपनाएका छन्। पार्टनर खोज्दा यसको अस्तित्व मेटिँदैन। ब्राण्ड हाम्रै हुन्छ। अहिलेकै अवस्थामा नेवानी लाई प्रतिस्पधी बनाउन सकिन्न,’ उनले भने।

प्रकाशित: १९ मंसिर २०७५ ०९:०० बुधबार

रबिन्द्र_अधिकारी नेपाल_वायु_सेवा_निगम