अर्थ

सुनको मूल्य ६०० ले वृद्धि

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन मंगलबार ६०० ले बढेर प्रतितोला ५८ हजार ३०० मा कारोवार भएको छ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ। आइतबार प्रतितोला ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन आज ९०० ले बढेर ५८ हजारमा कारोवार भएको छ।

केही दिन स्थिर रहेको चाँदी आज २० ले बढेर ७२० मा कारोवार भएको छ। महासङ्घले आज १० ग्राम सुनको मूल्य ४९ हजार ९८५ कायम गरेको छ। त्यस्तै १० ग्राम चाँदीको ६०९ कायम भएको छ।  (रासस)

प्रकाशित: १८ मंसिर २०७५ ०९:३६ मंगलबार

नेपाली_बजार छापावाल_सुन मूल्य