अर्थ

धितोपत्र दलाल कम्पनी खोल्ने प्रक्रिया सुरु गर्न नेप्सेलाई निर्देशन

फाइल तस्बिर

काठमाडौं– धितोपत्र बोर्डले उपत्यका बाहिर धितोपत्र दलाल कम्पनी खोल्न अनुमति दिने प्रक्रिया सुरु गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ।

धितोपत्रको प्राथमिक बजार देशव्यापी रुपमा विस्तार भैसकेकोमा धितोपत्रको दोस्रो बजारलाई समेत विस्तार गर्ने उद्देश्यले बोर्डले नेप्सेलाई यस्तो निर्देशन दिएको हो। आर्थिक बर्ष २०७५।०७६ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमा धितोपत्रको दोस्रो बजारको पहुंच विस्तार गर्न आर्थिकरुपमा सम्भाव्य जिल्ला तथा स्थानहरुमा धितोपत्रदलाल सेवा संचालन अनुमति दिने उल्लेख भएअनुरुप बोर्डले आवस्यक प्रक्रिया अघि बढाउन नप्सेलाई बाटो खोलिदिएको हो। 

संघीय संरचनाअनुसार प्रादेशिक सरकार निर्माण भइसकेको र प्राथमिक वजारसंगै धितोपत्रको दोस्रो वजारलाई पनि सोही अनुरुप प्रतिस्पर्धात्मकरुपमा विस्तार गर्न आवश्यक भएको बोर्ड सञ्चालक समितिको ठहर छ। समितिको बैठकले काठमाण्डौ उपत्यकावाहेक स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिने निर्णय गरेको बोर्ड द्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

 

प्रकाशित: १७ मंसिर २०७५ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App