अर्थ

एमभी अगस्टा अब नेपालमा

काठमाडौं – भेलोसिटी प्रालिले एमभी अगस्टाको विभिन्न मोडल नेपाली बजारमा भित्र्याएको छ।

कम्पनीले काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको सोरुमबाट ग्राहकलाई बिक्रीवितरण, सर्भिस, स्पेयर पार्टस् र एसेसोरिज प्रदान गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ।

सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एमभी अगस्टा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित छ। १९४५ मा पहिलोपटक ब्रान्डेड मोटरसाइकल उत्पादन गरेको उक्त कम्पनीले हालसम्म मोटरसाइकल रेसिङमा उपलब्धि हासिल गरिसकेको विज्ञप्तिमा उल्लेख छ। नेपाली बजारमा एमभीले वर्षौंदेखि चल्दै आएको आफ्नो क्राफ्टम्यानसीप, डिजाइन र एडभान्सड् इन्जिनियरिङको परम्परालाई निरन्तरता दिएको जनाएको छ।
 

प्रकाशित: १७ मंसिर २०७५ ०४:५८ सोमबार

भेलोसिटी_प्रालि