अर्थ

ओरालो लाग्न रोकिएन नेप्से

काठमाडौं– साताको पहिलोदिन देखि नै गिरावट भोग्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज अन्तिम दिन पनि निरासाजनक नै रह्यो।

पहिलो दिन १५ अंकले घटेको मूख्य परिसूचक आज १०.३७ अंकले घटेर ११सय ४८.७मा ओर्लिएर बन्द भएको छ। अन्य दिन पनि नेप्सेमा खासै सुधार हुन सकेन।

आज १६१ कम्पनीका १० लाख ६२ हजार कित्ता शेयरहरु ३२ करोड २९ लाख ४७ हजार रुपैयाँका शेयर किनबेच भएका छन्।समूहगत कारोबारमा आज वित्त र उत्पादनमूलकमा सामान्य बृद्धिबाहेक सबै समूह ओरालो लागे। सबैभन्दा धेरै निर्जीवन बिमा समूह १०५.१७ अंकले घटेको छ। त्यस्तै जीवन बिमा समूह ४७.७६ अंकले घट्यो। विकास बैंक समूह ११.२७ अंकले घट्यो।

बैंकिङ समूह पनि ९.३ अंकले घटेको छ। कूल कारोबारमा आज पनि नेपाल बैंकले अग्रता लिएको छ। उक्त बैंकका ५ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भए। त्यस्तै एनएमबी बैंकको  २ करोड ६७ लाख रुपैयाँको शेयर किनेबेच भएको नेप्सेले जनाएको छ।

 

प्रकाशित: १३ मंसिर २०७५ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App