अर्थ

ओपोको ए सेवेन बजारमा

काठमाडौं – ओपोले शक्तिशाली ब्याट्री भएको ओपो ए सेवेन सार्वजनिक गरेको जनाएको छ। हाल ओपो ए सेवेनका लागि हट सेल्स कयाम्पेन चलिइरहेको कम्पनीले जनाएको छ । ब्रान्ड फ्रेन्डका रुपमा नायिका स्वस्तिमा खड्काको साथमा नोभेम्बर १५ मा फस्र्ट सेल्स कार्यक्रमको आयोजना गर्दै ओपोले फोनको बिक्री आरम्भ गरेको जनाएको छ।

शक्तिशाली ब्याट्री, फेसनेबल डिजाइन, उत्कृष्ट कार्यक्षमता, पृथक वाटर ड्रप डिजाइन र एआई इनेबल्ड क्यामेरा सहितको यो फोनको मूल्य ३५ हजार सात सय ९० रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । यसमा ४२३० एमएएच क्षमताको ब्याट्री छ।

प्रकाशित: ११ मंसिर २०७५ ०६:५२ मंगलबार

ओपो ए_सेवेन