अर्थ

जस्मिन पेन्ट्सलाई अवार्ड

काठमाडौं – जस्मिन पेन्ट्सले लन्डनमा इन्टरनेन्नल विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड पाएको छ। क्वालिटी, इन्नोभेसन र लिडरसिपमा उत्कृष्ट रहेको भन्दै विडले जस्मिनलाई यो अवार्ड दिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

विडका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जोसे इ प्रिइटोले कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण अर्याललाई अवार्ड हस्तान्तरण गरेका थिए। ‘क्वालिटी, लिडरसिप, टेक्नोलोजी र इन्नोभेसनलाई निरन्तरता दिएकोले यो अवार्ड दिएको हो,’ अवार्डको प्रमाणपत्रमा उल्लेख छ।

जस्मिन सन् १९९४ मा स्थापना भएको उद्योग हो। मनकामना समूहबाट उत्पादन भएको यो पेन्ट्सले आएसओ ९००१ः२००० प्रमाणपत्र समेत पाइसकेको छ। कम्पनीले वार्षिक एक अर्ब रुपैयाँ बराबरको पेन्ट्सको कारोबार गर्छ। उद्योगले अन्तर्राष्ट्रिय स्तरका विभिन्न पेन्ट्स उत्पादन गर्दै आएको छ। चितवनको लंकुमा रहेको उद्योगमा ८० जना कामदार कार्यरत छन्।

प्रकाशित: ११ मंसिर २०७५ ०६:३५ मंगलबार

जस्मिन_पेन्ट्स लन्डन अवार्ड