काठमाडौं–नेपाल वायुसेवा निगम(नेवानी)को विवादित वाईड बडी जहाज खरिदका सम्पूर्ण कागजात संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुझाइने भएको छ।
नेवानीको अवस्थाबारे छलफल गर्न बसेको आजको बैठकमा सदस्य सांसदहरुले विमान खरिद या भाडामा ल्याएको के हो भन्ने प्रश्न गरेपछि पर्यटनमन्त्री रविन्द्र अधिकारीले कागजात समितिमा बुझाउने बताएका हुन्।
समितिको बैठकमा सांसद भिम रावल, प्रकाशमान शिहलगायत अधिकाशं सदस्यले खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै खरिद गरिएको पुष्टि गर्न आग्रह गरेका थिए।
बैठकमा उपस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले विमानको स्वामित्व नेपालमै रहेको बताएका थिए।
कार्यक्रममा उपस्थित निगमका कार्यकारी निर्देशक सुगतरत्न कंशाकारले विमान मध्यस्थ कम्पनीर्माफत किनिएको स्वीकार गर्दै खरिदमा आशंका नगर्न आग्रह गरेका थिए।
मन्त्री अधिकारीले भने आफू मन्त्री हुँदा उक्त विमान खरिद प्रक्रिया पूरा भइसकेको तर, त्यसको नैतिक जिम्मेवारी लिने भन्दै उनले दोषी देखिए जो कोहीलाई पनिज्ञ कारबाही गर्ने प्रतिवद्दता जनाएका थिए।
बैठकमा कांग्रेस सांसद सुजाता कोइराला, दिव्यमणि राज भण्डारी, प्रकाशमान सिंह, डा. नारायण खड्का, नेकपा सांसद अग्नि सापकोटा, सांसद नारदमुनी रानालगायतले उपसमिति गठन गरी विस्तृत छानबिन हुनुपर्ने धारणा राखेका थिए ।
प्रकाशित: ७ मंसिर २०७५ ११:२९ शुक्रबार