अर्थ

सिन्धु – सगरमाथा बैंकास्योरेन्स

काठमाडौं – सिन्धु विकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। 

अब सिन्धु विकास बैंकका ग्राहकले सगरमाथा इन्स्योरेन्सका बिमालेख खरिद, बिमाशुल्क भुक्तानी तथा बिमा दाबी भुक्तानीसम्बन्धी सबै सेवा सोही बैंकका शाखाबाट लिन सक्छन्।

 

प्रकाशित: ५ मंसिर २०७५ ०२:१५ बुधबार

सिन्धु_विकास_बैंक