अर्थ

ओरालो लाग्न रोकिएन नेप्से

काठमाडौं– साताकाे सुरुदेखि नै ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक घटनेक्रम आज पनि रोकिएन।

आइतबार दोहोरो अंकले घटेको परिसूचक सोमबार करिब ६ अंकले घट्यो। आज परिसूचक ८.५४ अंकले घटेर ११ सय ८१.०८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कूल कारोबार रकममा पनि गिरावट आएको छ। हिजो २१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएकामा आज १७ करोड ४९ लाखमा सिमित भएको छ।

अनलाइन कारोबार प्रणाली सञ्चालन पश्चात शेयर कारोबारको आकार वृद्दि हुने अपेक्षाका बावजुत परिसूचक र कारोबार नकारात्मक नै रहँदै आएका छन्। आज १४५ कम्पनीका ५ लाख ६६ हजार ६६९ कित्ता शेयर खरिद विक्री भएका छन्।

समूहगत कारोबार तर्पm उत्पादनमूलक बाहेक सबै समूह ओरालो लागेका छन्। सो समूह ७.२२ अंकले बढेको छ। निर्जीवन बिमा समूह सबैभन्दा धेरै ५८.५६ अंकले घटेको छ। जीवन बिमा समूह २७.८८ अंकले घटेको छ। बैंकिङ समूह ९ अंकले घटेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडका २ करोड ३७ लाख ९९ हजार रुपैयाँका शेयर किनबेच भएका छन्। दोस्रोमा ८० लाख ४१ हजार रुपैयाँका शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७५ ०९:५२ मंगलबार

नेपाल_स्टक_एक्सचेन्ज ओरालो