अर्थ

५.९ अंकले घट्याे नेप्से

काठमाडौं–साताको पहिलो दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक आज दोस्रो दिन ५.९ अंकले घटेको छ। परिसूचक ०.४९ प्रतिशतले परिसूचक घट्दा ११ सय ८९.५६ विन्दूमा पुगेको हो।


नेप्सेका अनुसार आज १४८ कम्पनीका ७ लाख ९ हजार ३७९ कित्ता सेयर खरिद विक्री हुँदा २१ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। वित्तीय र अन्य समूह बाहेक आज सबै समूह घटेका छन् । बैंकिङ समूह ६.३, होटल समूह १९.६४, विकास बैंक समूह ५.९७, जलविद्युत समूह २२.७९, निर्जीवन बिमा समूह १२.७८, लघुवित्त समूह ७.५७ र जीवन बीमा समूह ३२.१८ अंकले घटेका छन्।

वित्तीय समूह ०.९१ र अन्य समूह २.३४ अंकले बढेका छन्। आज सबैभन्दा बढी कारोबार नेपाल बैंकको ३ करोड ३ लाख ५० हजार रुपैयाँको कुल कारोबार भएको छ। 

 

प्रकाशित: ३ मंसिर २०७५ १०:०७ सोमबार

नेपाल_स्टक_एक्सचेन्ज परिसूचक