अर्थ

एनआइसी एसिया-लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स

काठमाडौं – एनआइसी एसिया बैंकले लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। सम्झौता अनुसार एनआइसी एसियाका ग्राहकले मुलुकभर फैलिएका यसका २६५ वटै शाखाबाट सहज रुपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको जीवन बिमालेख खरिद गर्न सक्नेछन्।

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ मंसिर २०७५ ०४:३२ सोमबार

एनआइसी_एसिया_बैंक