अर्थ

लुम्बिनी जनरल र महालक्ष्मी विकास बैंकबीच बैंकास्युरेन्स

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्युरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ, मार्केटिङ मेनेजर तीर्थराज पुरी तथा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र वरिष्ठ मार्केटिङ मेनेजर प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ मंसिर २०७५ ०४:२८ सोमबार

लुम्बिनी_जनरल_इन्स्योरेन्स महालक्ष्मी_विकास_बैंक