अर्थ

युनाइटेड फाइनान्सको साधारण सभा

काठमाडौं – युनाइटेड फाइनान्स लिमिटेडको २४औं वार्षिक साधारण सभा भएको छ । कम्पनी अध्यक्ष बसन्तकुमार चौधरकिो अध्यक्षतामा कार्यक्रम भएको हो।

अध्यक्ष चौधरीले प्रस्तुत गरेको कम्पनीको आव २०७४–०७५ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भएको कम्पनीले जनाएको छ।

साधारण सभाले गत आवको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यस फाइनान्सको चुक्ता पुँजी ८० करोड पाँच लाख रुपैयाँ पुगेको छ।

प्रकाशित: २ मंसिर २०७५ ०५:३० आइतबार

युनाइटेड_फाइनान्स साधारण_सभा