अर्थ

विराटनगर भन्सारद्वारा लक्ष्यभन्दा बढि राजश्व संकलन

विराटनगर–विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को पहिलो तीन महिनामा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ। 

सो अवधिमा कार्यालयले ९ अर्ब ३५ करोड ७० लाख २२ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप ६९ करोड ५८ लाख १२ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिए। कार्यालयले पहिलो तीन महिनामा कूल १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ। 
सङ्कलित राजश्वमा भन्सार महशुल ४ अर्ब १३ करोड ५८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर ५ अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क  ६९ करोड ३१ लाख ४५ हजार रुपैयाँ रहेको छ।रासस

 

प्रकाशित: २७ कार्तिक २०७५ १२:०१ मंगलबार

राजश्व_संकलन विराटनगर_भन्सार लक्ष्य