अर्थ

नेपाल पुनर्बिमा कम्पनी पाँच वर्षमा

काठमाडौं – नेपाल पुनर्बिमा कम्पनी लिमिटेड पाँच वर्षमा प्रवेश गरेको छ। कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पाँचौं वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवमा अर्थमन्त्री युवराज खतिवडाले बचत बहिर्गमनबाट रोक्ने कार्यमा कम्पनीले अहम् भूमिका खेलेको बताए। नेपालमा बिमा व्यवसायको विस्तार र विकासमा कम्पनीले योगदान गरेको चर्चा समेत खतिवडाले गरे।

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विदेशी बिमकले गर्ने पुनर्बिमाको उल्लेख्य हिस्सा स्वीकार गरी सेवा दिन कम्पनी सफल भएको बताए।

नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको आठ अर्ब ४० करोड चुक्ता पुँजी छ। सर्वसाधारणलाई एक अर्ब ६० करोडको सेयर बाँडफाँटपछि चुक्ता पुँजी १० अर्ब पुग्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०७५ ०५:४९ सोमबार

नेपाल_पुनर्बिमा_कम्पनी