अर्थ

नेप्से परिसूचक र कुल कारोबार दुवैमा गिरावट

काठमाडौं– तिहारपछिकाे काराेबारकाे पहिलोदिन आज खुलेको नेपाल स्टक एक्चेन्ज(नेप्से)मा  परिसूचक र कुलकाराेबार रकम दुवैमा उच्च गिरावट अाएकाे छ। नेप्से परिसूचक आज १७.३१ अंकले घटेर १२ सय ५.२२ कायम भएको छ।

उता कूल कारोबार रकम पनि खुम्चिएर ९ करोड ९४ लाख ५१ हजारमा सिमित भएको छ। आज १२५ कम्पनीका ३ लाख १४ हजार २९७ कित्तामात्र शेयर किनबेच भएको छ।

समूहगत कारोबारतर्फ वित्त अन्य समूहमात्र समान्य बढेका छन्। घटनेमा सबै भन्दा धेरै निर्जीवन विमामा ४३ अंकको गिरावट आएको छ। जीवन बिमा समूह २९.११ अंकले खस्किएको छ। बैंकिङ समूह पनि २५ अंकले ओरालो लागेको छ। जलविद्युत समूह १३ अंकले घटेको छ।

आज सबैभन्दा धेरै प्रभू बैंकको ८४ लाख ८८ हजार ६२९ रुपैयाँको शेयर किनबेच भएका छन्। नेपाल बैंकको ८२ लाख १६ हजार १९५ रुपैयाँको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७५ १०:१८ आइतबार

नेप्से गिरावट