अर्थ

जगदम्बा स्टिलको टेक्निकल भेला

काठमाडौं – शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिल्सले हेटौंडामा एफई ५००डीमा केन्द्रित रही फलामे डन्डीसम्बन्धी टेक्निकल भेला आयोजना गरेको जनाएको छ। निर्माण कार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण निर्माणकर्मीलाई फलामे डन्डीको उचित प्रयोग तथा राइनो ५०० डीको विशेषतासम्बन्धी जानकारी दिने उद्देश्यले सो कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।

निर्माणकर्मी तथा निर्माण व्यवसायीको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा जगदम्बा स्टिल्स तथा रिद्धिसिद्धि सिमेन्ट प्रालिका आनन्द नेपालको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० कार्तिक २०७५ ०४:३६ मंगलबार

जगदम्बा_स्टिल