अर्थ

शेयर बजारमा दोहोरो अङ्कले वृद्धि

काठमाडौं – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने शेयरको मूल्यमा सुधार आएको छ। कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ।

नेप्से परिसूचक ११ दशमलव ९२ बिन्दुले बढेर एक हजार २१९ दशमलव २० बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५१ बिन्दुले वृद्धि भइ २५९ दशमलव ३२ बिन्दुमा पुगेको छ। नेप्सेमा वृद्धि भएपनि कारोवार रकममा भने वृद्धि हुन सकेन।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर २४ करोड ४५ लाख ७० हजार ५५२ मुल्यमा खरीद बिक्री भएका छन्। अधिकांश उपसमूहको शेयर कारोवारमा वृद्धि हुँदा बजार हरियाली भएको हो।

बैङ्किङ ११ दशमलव ५२, होटल ३७ दशमलव ६२, विकास बैङ्क १३ दशमलव ५९, जलविद्युत् ७ दशमलव ५९, वित्त २ दशमलव शुन्य सात, निर्जीवन बीमा ८७ दशमलव ४५, उत्पादन शून्य दशमलव ७, अन्य २ दशमलव ९, माइक्रोफाइनान्स १७ दशमलव ९८ र जीवन बीमा ४९ दशमलव ६२ बिन्दुले बढेको छ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सिर्जना फाइनान्स, अरुण काबेली पावर लिमिटेड र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन्।

प्रकाशित: १९ कार्तिक २०७५ १०:२९ सोमबार

शेयर_बजार दोहोरो_अङ्क