अर्थ

इन्फिनिटी लघुवित्तले शाखा थप्यो

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले थप आठवटा शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले कञ्चनपुरको बेलौरी, कैलालीको अत्तरिया, कैलालीको सुखड, बर्दियाको शान्तिबजार, बाँकेको बाँसगढी र कोहलपुर, रुपन्देहीको सूर्यपुरा र नवलपरासीको विनय त्रिवेणीमा शाखा खोलेको जनाएको छ।

संस्थाले हाल २३ जिल्लामा ४२ वटा शाखामार्फत सामाजिक सुरक्षण र विप्रेषण लगायतका लघुवित्त वित्तीय सेवा प्रदान गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०३:४३ सोमबार

इन्फिनिटी_लघुवित्त