अर्थ

व्यापारिक संरक्षणवादबाट जोगिन क्षेत्रीय सहकार्य आवश्यकः अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

काठमाडौ–अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व अर्थतन्त्रमा बेलाबखत देखा पर्ने तनाबहरुको असरको सामना नेपाल एक्लैले गर्न नसक्ने बताएका छन्। विश्वमा पछिल्लो समय देखा परिरहेको व्यापारमा संरक्षणवादी प्रवृतिको नकारात्मक असरबाट बच्न क्षेत्रीय सहकार्य आवश्यक रहेको उनले औल्याएका छन्।

विश्व बैकले तयार गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक समारोहलाई संबोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालजस्ता साना मुलुकले विश्व अर्थतन्त्रका विभिन्न झड्का प्रतिरोध गर्नसक्ने अवस्था नरहेको औल्याए। ‘विश्वमा अहिले व्यापारको संरक्षणवाद चलिरहेको छ, जस्लाई व्यापार युद्द नै भनिएको छ र विन्टर अफ इकनोमी पनि भनिएको छ,’ खतिवडाले भने,‘त्यस्ता असरबाट बच्न हामीले झ्याल–ढोका थुन्न पनि सक्दैनौ, यसका लागि क्षेत्रीयस्तरमा सहकार्य गरेर सामना गर्नुपर्ने अवस्था छ।’

खतिवडाले नेपाल लोककल्याणकारी राज्यको रुपमा पनि रहेकाले डुइङ बिजनेसमा केही कमजोर देखिनसक्ने स्वीकार गर्दै निजी क्षेत्रलाई यस कार्यमा प्रवर्दन गर्न सरकार कटिवद्द रहेको औल्याए। ‘हामीले श्रमिक अधिकार, सामाजिक सुरक्षाका दायित्व बहन गर्नुपर्छ, कानुन पनि त्यही अनुसार बनिरहेका छन्,’ खतिवडाले भने, आर्थिक समृद्दिमा यी पक्षले पनि योगदान पुराउछन्। निजी क्षेत्र पनि पारदर्शी र इमान्दार भएर आउनुपर्छ।’

मन्तब्यका क्रममा खतिवडाले नेपालका बैंक तथा वित्तीय क्षेत्रमा देखिएको लगानी योग्य पुँजी अभावमा बैंकहरु नै जिम्मेवार रहेको बताएका थिए। वित्तीय संस्थाहरु अल्पकालीन लगानीकर्ता तथा बचतकर्ताको पछि लागिरहेको भन्दै दिर्गकालीन लगानीकर्ता पहिचान गर्न नसकेको आरोप लगाए। ‘बैकका अधिकारीहरु अल्पकालीन बचत र नाफाको पछिलाग्दै जाँदा लगानीयोग्य पूजीकै अभाव देखिएको हो,’ खतिवडाले भने, ‘अल्पकालीन खेलमा नलागेर दिगो लगानीतर्पm ध्यान दिनुस।’

 

   

प्रकाशित: १५ कार्तिक २०७५ १३:१० बिहीबार

अर्थमन्त्री_डा._युवराज_खतिवडा व्यापारमा_संरक्षणवादी अर्थतन्त्र