अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज परिसूचक(नेप्से) सोमबार पनि दोहोरो अंकले घटेको छ। परिसूचकमा १०.५६ अंकले घटेर १२सय १६.५६ कायम भएको छ। 

आज १६० कम्पनीका ९ लाख८७ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २४ करोड ९१ लाख ९६ हजार २७० रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।नेप्सेका अनुसार आज सबै समूहगत सूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूह सूचक ७५.६७ अंकले गिरावट आएको छ भने होटल समूह ४८.७६ अंकले घटेको छ। बैंकिङ समूह ९.२५ अंकले घटेको छ।

आज सबैभन्दा धेरै गुराँस फाइनान्सका प्रवर्दक शेयर २ करोड ५७ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ। त्यसपछि एनआईसी एसिया बैंकका १ करोड ३७ लाख ८३ हजार रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ। 

 

प्रकाशित: १२ कार्तिक २०७५ १०:३३ सोमबार

नेपाल_स्टक_एक्सचेन्ज दोहोरो_अंक