अर्थ

मंसिरमा बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो

काठमाडौं – सुरक्षित आवास निर्माणबारे एकै थलोमा सम्पूर्ण जानकारी दिने उद्देश्यले बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ हुने भएको छ। मंसिर ६–९ गतेसम्म भृकुटीमण्डपमा दोस्रो संस्करणको एक्स्पो हुन लागेको हो।

कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टरको मुख्य आयोजनामा उक्त मेला हुन लागेको हो।

मेला दुई लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामग्री उत्पादक, बिक्रेतालगायत सबै सरोकारवालासँग प्रत्यक्ष भेटघाट समेत हुने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ कार्तिक २०७५ ०६:२२ सोमबार

आवास_निर्माण बिल्डिङ_एन्ड_कन्स्ट्रक्सन