अर्थ

‘टुरिजम उद्यमी सिड क्याम्प’ हुने

काठमाडौं – नेपाल पर्यटन बोर्डले विभिन्न निकायसँग समन्वय गरेर ‘टुरिजम उद्यमी सिड क्याम्प’ सञ्चालन गर्ने भएको छ।

यसका लागि देशभरका युवाबाट पर्यटनसँग सम्बन्धित ‘कन्सेप्ट’ माग गरिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले आइतबार आयोजित कार्यक्रममा जानकारी दिए।

देशभरिबाट आएका ६१ वटा टिममा २० वटा छानिएको सिइओ जोशीले जानकारी दिए । यस कन्सेप्टका लागि लक्ष्मी क्यापिटलले कर्जाको व्यवस्था गर्नेछ । यस्तै, नलेज सेयरिङमा गेट कलेजले जिम्मेवारी पाएको छ।

प्रकाशित: १२ कार्तिक २०७५ ०६:२० सोमबार

नेपाल_पर्यटन_बोर्ड