अर्थ

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौं - धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ। कारोवार शुरु भए लगत्तैदेखि आेरालो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से १४ दशमलब ७३ विन्दुले झरेर एक हजार २२६ दशमलब ३८ विन्दुमा पुगेको छ।

प्रतिशतका आधारमा एक दशमलब १९ विन्दुले बजार ओरोलो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३ दशमलब २३ विन्दुले आरोलो लागेर २६० दशमलब ७८ विन्दुमा पुगेको छ। नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोबार रकम भने सामान्य अवस्थामा नै छ। कूल १६० कम्पनीको ११ लाख ९७ हजार १०६ कित्ता शेयर रु ३२ करोड ६४ लाख ८३ हजार ६७३ मूल्यमा खरीद बिक्री भएको छ।

आज बैंकिङ १६ दशमलब ८१, होटल १५ दशमलब एक, विकास बैंक १० दशमलब ६, जलविद्युत् नौ दशमलब ७५, वित्त ६ दशमलब ५, निर्जीवन बीमा ७९ दशमलब ७३, उत्पादन ३ दशमलब ७२, अन्य २ दशमलब ३७, माइक्रोफाइनान्स १४ दशमलब ९७ र जीवन बीमा ५४ दशमलब ११ बिन्दुले ओरालो लागेको छ।

प्रकाशित: ११ कार्तिक २०७५ ११:०० आइतबार

शेयर_बजार