अर्थ

सिन्धुली सडक पुनर्निर्माण गर्न जापानले १ अर्व दिने

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौ– जापान सरकारले भूकम्पले क्षति भएको सिन्धुली सडक पुनर्निर्माणका लागि १ अर्व ८ करोड ५०लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

सहयोग सम्बन्धी पत्रमा आज अर्थमन्त्रालयका सचिब डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मासासिची साईगोबीच हस्ताक्षर भएको छ। यस्तै, अनुदान संझौता र एमओयूमा भने मन्त्रालयका सहसचिब श्रीकृष्ण नेपाल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)का प्रमूख प्रतिनिधि जुन साकुमाले हस्ताक्षर गरेका छन्।

उक्त सहयोग रकमले २०७२ सालको भूकम्पका कारण क्षति भएका तथा जोखीमपूर्ण बनेका स्थानको मर्मत संभार गरी सहज आवागमनलाई सुनिष्चित गरिने  मन्त्रालयले जनाएको छ। 

 

प्रकाशित: ८ कार्तिक २०७५ ०६:१९ बिहीबार

जापान सिन्धुली_सडक सहयोग