अर्थ

सामान्य घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार समान्य घटेको छ।  आज २.७अंकले घटेर परिसूचक १२सय४१.८४ कायम भएको नेप्सेले जनाएको छ।

कुल कारोबार रकम भने सोमबारको तुलनमा समान्य बढेको छ।मंगलबार १५५कम्पनीका ८लाख ४२ हजार १९६ कित्ता शेयरहरु १९ करोड ८७ लाख ७५ हजार ८३४ हजार रुपैयाँमा किनबेच भएको छ।

समूहगत कारोबार तर्पm  उत्पादन मूलक समूह ३१.६२ अंकले बढेको छ भने वित्त समूहमा ४.३६ अंकको बृद्धि भएको छ। बैंकिङ समूह झिनो अंकले बढेको छ। बाँकी सबै समूह सूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ७१.४१ अंकले घट्यो भने जीवन बिमा समूह ३१.६३ अंकले घट्यो।

आज सबैभन्दा धेरै प्रभू बैंकका ३ करोड ३७ लाख रुपैयाँ बराबरका शेयर किनबेच भएका छन् भने एनआईसी एसियाको १ करोड ७० लाख ४६ लाख रुपैयाँ शेयर किनबेच भएका छन्।

प्रतिकित्ता शेयर मूल्यमा सबैभन्दा धेरै युनिलिभरका लगानीकर्ताले प्रतिकित्ता ४३२ कमाए भने बटोलर्स नेपालले १३५ रुपैयाँ कमाएको छ । राष्ट्रिय बिमा कम्पनीको प्रतिकित्ता शेयर मूल्य भने २९० रुपैयाँले घटेको छ। 

 

प्रकाशित: ६ कार्तिक २०७५ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App