अर्थ

नेप्सेमा सामान्य गिरावट

काठमाडौ– सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा १.९८ अंकले गिरावट आएर १२ सय ४४.५४ कायम भएको छ। आज १४१ कम्पनीको ७३ हजार ३९९ कित्ता शेयरहरु १६ करोड ९८ लाख७८ हजार ९९० रुपैयाँको कारोबार भएको छ।

समूहगत कारोबारमा उत्पादनमूलक समूहको सबैभन्दा धेरै ६२.०६ अंकले घटेको छ भने निर्जीवन बिमा समूह २८.७५ अंकले घटेको छ। उता होटल समूह २१.९४ अंकले बढेको छ भने विकास बैंक समूह ७.१४ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज सबैभन्दा धेरै प्रभु बैंकका ३ करोड २५ लाख ८९ हजार रुपैयाँका शेयर किनबेच भए भने नेपाल बैंक लिमिटेडका ९९ लाख ६६ हजार रुपैयाँको शेयर खरिदविक्री भएको नेप्सेले जनाएको छ। 

 

प्रकाशित: ५ कार्तिक २०७५ ०९:५० सोमबार

नेप्से गिरावट