अर्थ

पोखरा विमानस्थलको निर्माण तोकिएको समयअगावै हुन्छ : मन्त्री अधिकारी

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका वडा नं २१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले विमानस्थलको निर्माण कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए। 

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को वर्तमान सरकारको प्रमुख लक्ष्य पूरा गर्न समग्र विकास निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको समन्वयको आवश्यकता पनि औँल्याए। 

नेकपाका कास्की जिल्ला संयन्त्र सदस्य एवम् प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जिल्लाका पाँच वटै स्थानीय तह र वडास्तरमा समेत पार्टी संयन्त्र निर्माण भइसकेको जानकारी दिए। 

 

प्रकाशित: १ कार्तिक २०७५ १४:४३ बिहीबार

रवीन्द्र_अधिकारी विमानस्थल