अर्थ

हुम्लामा जनता बैंकको तीन शाखा

काठमाडौं – जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकसाथ कारोबार सुरु गरेको छ।

हुम्लाको अदानचुली, चंखेली र ताजाकोट गाउँपालिकाबाट कारोबार सुरु गरिएको बैंकले जनाएको छ।

यी शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा सुरु गरिएको छ। उच्च पहाडी तथा हिमाली  क्षेत्रका जनतालाई देशको अन्य क्षेत्रसँग वित्तीय सञ्जालमा जोड्न यी शाखा महत्वपूर्ण हुने बैंकको भनाइ छ। हालसम्म मोटर बाटोको पहुँच नपुगेको यी दुर्गम भेगका जनताहरुको जीवनस्तरलाई बैंकिङ सेवाले केही सहज बनाउने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०५:५८ सोमबार

जनता_बैंक