अर्थ

मध्यबानेश्वरमा सिटिजन्सको एटिएम

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ। यसले गर्दा मध्यबानेश्वर क्षेत्र रवरपरका जनताको बैंकसँगको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ।

सिटिजन्सले ८० शाखा, ७६ एटिएम र ९९ शाखारहित बैंकिङ्ग एकाइबाट करिब तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०५:४९ सोमबार

सिटिजन्स_बैंक