काठमाडौं – ग्लोबल आइएमई बैंकले रोल्पाको माडी गाँउपालिका वडा नं २, घर्तीगाउँमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ।
माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानीयबासीको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा दिने गरी एक्सटेन्सन काउन्टर सुरु गरेको जनाएको छ।
बैंकले आइतबारबाटै काठमाडौंको ठमेलमा एटिएम सेवा थप गरेको छ । विस्तारित एटिएम सेवासँगै बैंकको एटिएम संख्या एक सय ४० पुगेको छ।
प्रकाशित: २९ आश्विन २०७५ ०५:४५ सोमबार