अर्थ

सिटिसी मोबाइल हबमा भिड

काठमाडौं – सुन्धारास्थित सिटिसी मलमा मोबाइल किन्नेको भिड लागेको छ। सिटिसीमा मोबाइल हबको सुरुवातका साथै दसैं लक्षित धमाका अफरमा मोबाइल किन्नेको भिड लागेको हो।

मोबाइल पारखीका लागि नयाँ गन्तव्य मानिएको मोबाइल हबमा निःशुल्क पार्किङको सहज व्यवस्था भएकाले पनि ग्राहकको भिड लागेको हो । मोबाइल हबले ६० प्रतिशतसम्म छुटमा विभिन्न ब्रान्डका मोबाइल बिक्री गरिरहेको छ । दसैं धमाका साथै अफरभित्र पनि अफर नामक मोबाइल मेलामा शून्य प्रतिशत ब्याजको किस्ताबन्दीमा पनि मोबाइल किन्न सकिन्छ।

साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको छ। हात खाली नजाने उपहारका कारण पनि मोबाइल मेलामा सेवाग्राहीको विशेष आकर्षण देखिएको हो।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरका साथै मोबाइल सट्टापट्टा अफर मेलाको अर्को आकर्षण हो।  नेपालमा चल्तीमा रहेका ९० प्रतिशतभन्दा बढी ब्रान्डका आधिकारिक सर्भिस सेन्टर मोबाइल हबमा छन् । नेपालमै पहिलोपटक फरक अवधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिल जोनको समेत व्यवस्था छ।

सबैभन्दा धेरै ब्रान्ड, सबैभन्दा धेरै भेराइटी समेटेको मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्रान्डका मोबाइल फोन उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्रान्डका ल्यापटपको लागि पनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बनेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ आश्विन २०७५ ०५:१६ सोमबार

मोबाइल_हब सिटिसी_मल