अर्थ

एभरेस्ट बैंकका कार्ड होल्डरलाई छुट

काठमाडौं – एभरेस्ट बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच सेवाको विषयमा छुट सम्झौता भएको छ।

सम्झौता अनुसार एभरेस्ट बैंकका कार्डहोल्डरले हस्पिटलका सेवा रेडियोलोजी, ल्याबोरेटरी चार्ज, बेड चार्ज, रेडिएसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा छुट पाउनेछन्।

यससम्बन्धी सम्झौतामा बैंकका अधिकारी र हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका हुन्।

एभरेस्ट बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डरलाई विषेश छुट प्रदान गर्ने सम्झौतामा उल्लेख छ।

प्रकाशित: २८ आश्विन २०७५ ०६:०३ आइतबार

एभरेस्ट_बैंक नेपाल_क्यान्सर_हस्पिटल