अर्थ

ग्लोबल आइएमई बैंकको मिस्ड कल बैंकिङ सेवा

काठमाडौं – ग्लोबल आइएमई बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले मिस्ड कल बैंकिङ सेवा सुरु गरेको छ।

यस अन्र्तगत ग्राहकले बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरमा मिस्ड कल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्नेछन्।

यस बैंकको मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्टमा आवद्ध ग्राहकले उपभोग गर्न मिल्ने यो सेवाअन्र्तगत ग्राहकले आफ्नो खातामा रहेको मौज्दात रकमबारे जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो तीनवटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, मोबाइलमा सय रुपैयाँ टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो तीनवटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफूले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमबारे जानकारी लिन ९८०१२३१२९८ नम्बरमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०७५ ०५:५७ आइतबार

ग्लोबल_आइएमई_बैंक