अर्थ

आजदेखि एनआरएनए विज्ञ सम्मेलन

फाइल फोटो

काठमाडौं – गैरआवासीय नेपाली संघले शुक्रबार विज्ञ सम्मेलन सुरु गर्दैछ। गैरआवासीय नेपाली, नेपाल र नेपालसँग जोडिएका विदेशी विज्ञलाई एकै थलोमा राखेर गर्न खोजिएको विज्ञ सम्मेलन राजधानीको सोल्टी होटलमा हुनेछ।

हरेक दुई वर्षमा काठमाडौंमा विशेषज्ञ सम्मेलन गर्ने तय भए अनुसार संघले गैरआवासीय नेपाली दिवसको अवसर पारेर आयोजना गरेको हो। कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्थ्य शिक्षा, संघीयतामा शिक्षाको मोडल लगायत विषयमा सम्मेलनमा छलफल हुनेछ।

सम्मेलनमा एक सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन्। नेपालभित्र र बाहिर कार्यरत विज्ञ, नेपालबारे चासो राख्ने विदेशी विज्ञ, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र बुद्धिजीवी, नेपालको निजी क्षेत्र, नेपालस्थित कूटनीतिज्ञ लगायत विविध क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहनेछ।  सम्मेलनमा चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा छ।
 

प्रकाशित: २६ आश्विन २०७५ ०५:०६ शुक्रबार

गैरआवासीय_नेपाली_संघ