अर्थ

नेप्से स्थिर, घट्यो कुल कारोबार

काठमाडौ– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज स्थीर प्राय रहेको छ। परिसूचक ०.४०ले बढेर १२ सय १८.३३ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कुल कारोबार भने मंगलवारको तुलनामा १२ करोड रुपैयाँले घटेर २२ करोड ६५ लाख २४ हजार ६४७ पुगेको नेप्सेले जनाएको छ। आज १६२ कम्पनीका ८ लाख ५६ हजार १८७ कित्ता शेयर किनबेच भएका थिए। मंगलबार १० लाख ९८ हजार कित्ता शेयरहरु खरिद विक्री हुँदा ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो।

बुधबार बैंकिङ र उत्पादन मूलक समूहमा बृद्धि भएपनि ८ समूहका सूचक घटेका छन्। बैंकिङ २.३८ अंकले बढेको छ भने उत्पादनमूलक ६.१५ अंकले सुधार आएको छ। घटनेमा सबैभन्दा धेरै होटलको ६.७३ अंकले घटेको छ भने  जलविद्युत्को ५.६१ अंकले घटेको छ। 

आजसबैभन्दा धेरै सानिमा माइ हाइड्रोको ३ करोड ४२ लाख ३० हजार रुपैयाँको शेयर किनबेच भए भने माछापुछ्रे बैंकको १ करोड ६० लाख रुपैयाँको शेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

 

प्रकाशित: २४ आश्विन २०७५ १०:१४ बुधबार

नेप्से स्थीर