अर्थ

करुणाका फर्निचरमा छुट

काठमाडौं – करुणा इन्टेरियर प्रालिले चाडपर्वको मौका पारेर फर्निचरमा विशेष छुट दिएको जनाएको छ । दसैंदेखि छठसम्म करुणामा फर्निचरका सामान किन्ने ग्राहकलाई १५ प्रतिशत छुट दिएको कम्पनीको भनाइ छ।

शून्य प्रतिशत ब्याजमा १० प्रतिशत भुक्तानी गरेपछि किस्ताबन्दीमा फर्निचर दिने स्किम समेत ल्याएको करुणाका अध्यक्ष देबराज मिश्रले बताए । पाँच लाख रुपैयाँसम्मका फर्निचर किस्ताबन्दी दिने मिश्रले बताए।

करुणाले एनआइसी एसिया र ग्लोबल आइएमई बैंकबाट यो सुविधा दिएको हो । यसले सबै प्रकारका फर्निचर, आल्मुनियम पार्टेसन, किचन सेटअप गर्ने लगायत सेवा दिँदै आएको छ । करुणाले स्वदेशमै फर्निचर उत्पादन र बिक्री गर्ने भएकाले गुणस्तरीय भएको दाबी गरेको छ । इन्टरेरियर डिजाइनको सेवा पनि दिँदै आएको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०४:०७ बुधबार

फर्निचर चाडपर्व