अर्थ

नेप्सेमा समान्य गिरावट

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.५९अंकले घटेर १२ सय १७.९३कायम भएको छ। आज कुल १६० कम्पनीका १० लाख १८ हजार ०८९ कित्ता शेयरहरु ३४ करोड ३२ लाख ९४ हजार ४३० रुपैयाँको कूल कारोबार भएको नेप्सेले जनाएको छ।

आजको समूहगत कारोबारमा अन्य समूहबाहेक सबै समूह ओरालो लागेका छन्। अन्य समूह ११.६९ अंकले बढेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ३७.६४ अंकले घटेको छ। होटल समूह २१.४३ अंकले घटेको छ। जीवन बिमा समूह १८.६३ अंकले घटेको छ।

मंगलबार सबैभन्दा धेरै नाडेप लघुवित्त विकास बैंकको ३ करोड ८५ लाख ३० हजार ९६० रुपैयाँको शेयर किनबेच भएको छ भने चिलिमे हाइड्रो पावरको १ करोड ७४ लाख २२ हजार रुपैयाँको शेयर खरिदविक्री भएको नेप्सेले जनाएको छ। 

 

प्रकाशित: २३ आश्विन २०७५ ११:१६ मंगलबार

नेप्से गिरावट